दशैँअघि नेपाल–भारत उडानको सम्भावना कम, प्रस्ताव मन्त्रिपरिषदमै थन्कियो

३० असोज, २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान दशैँअघि शुरु नहुने सम्भावना बढेको छ ।
दुई देशका विमानले दुई देशका र कूटनीतिक नियोगका कर्मचारी मात्रै बोक्न पाउने गरी उडान शुरु गर्न भारतले नेपाललाई प्रस्ताव पठाएको थियो ।
सीमित उडान र सीमित यात्रु मात्रै बोक्न पाउने गरी भारतले पठाएको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहमति जनाएका छन् ।
पर्यटन मन्त्रालयले यो प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीमा पठाएकोमा सीसीएमसीबाट प्रस्ताव पारित भइसकेको छ । तर मन्त्रिपरिषद्ले यो निर्णय पारित नगर्दा उडान रोकिएको छ ।
मन्त्रिपरिषद्को बैठकमा पर्यटन मन्त्रालयको यो प्रस्तावलाई महत्त्व नै नदिएको बुझिएको छ ।
नेपालको तर्फबाट दुई वटा र भारतको तर्फबाट दुई वटा उडान गर्ने गरी सुरुमा हप्तामा चार वटा उडान गर्ने र त्यसपछि बिस्तारै बढाउँदै लैजाने प्रस्तावमा उल्लेख छ ।
प्रतिक्रिया