खेलकूद

आइपीएलमा दिल्ली शीर्ष स्थानमा फर्कियो, राजस्थान १३ रनले पराजित

हिमालय टिभी
२०७७ असोज २९ गते ७:४६
आइपीएलमा दिल्ली शीर्ष स्थानमा फर्कियो, राजस्थान १३ रनले पराजित

२९ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ ।

आइपीएल अन्तर्गत गएराति सम्पन्न पछिल्लो खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले हराउँदै पुनः शीर्ष स्थानमा पुगेको हो ।

१ सय ६२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र जोड्न सक्यो । राजस्थानका लागि बेन स्टोक्सले ४१ तथा रोबिन उथप्पाले ३२ रन बनाए ।

बलिङमा दिल्लीका तुसार देशपाण्डे र एनरिच नोर्जेले समान २(२ विकेट हात पारे । यसअघि दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ६१ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले ५७ तथा कप्तान श्रीयस अइयरले ५३ रनको इनिंग्स खेले । बलिङमा राजस्थानका जोफ्रा आर्चरले तीन तथा जयदेव उनधकटले दुई विकेट लिए । आठ खेलमा ६ खेल जित्दै १२ अंकका साथ दिल्ली शीर्ष स्थानमा छ ।

त्यस्तै एक खेल कम खेल्दै दोस्रो स्थानको साविक विजेता मुम्बई इण्डियन्सले १० अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्जर्स बेंगलोर र किंग्स एलाभेन पञ्जाबबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्