खेलकूद

यूईएफए नेशन्स लीग फूटबलमा साविक विजेता पोर्चुगल विजयी

हिमालय टिभी
२०७७ असोज २९ गते ७:४१
यूईएफए नेशन्स लीग फूटबलमा साविक विजेता पोर्चुगल विजयी

२९ असोज, २०७७ काठमाडौं । यूईएफए नेशन्स लीग फूटबलमा साविक विजेता पोर्चुगल विजयी भएको छ ।

नेशन्स लीग अन्तर्गत पोर्चुगलले स्वीडेनलाई तीन(शुन्य गोलले पराजित गरेको हो । समूह ए थ्री अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा जोटाले दुई तथा बरनार्डो सिल्वाले एक गोल गरे ।

कप्तान क्रिष्टियानो रोनाल्डो बिना घरेलु मैदानमा सिल्वाले खेलको २१औं मिनेट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि पोर्चुगलका लागि ४४ औं र ७२ औं मिनेटमा डिएगो जोटाले गोल थपेका थिए ।

कोरोना संक्रमण भएपछि कप्तान रोनाल्डो होम आइसोलेसनमा बसेका छन् । चार खेलबाट १० अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा रहँदा समान चार खेल खेल्दै अंकविहिन रहेको स्विडेन रेलिगेशनमा पर्ने निश्चित भएको छ ।

उता यसै समूहको अर्को खेलमा विश्व विजेता फ्रान्सले क्रोएसियालाई २(१ ले पराजित गर्‍यो । आठौं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलमार्फत फ्रान्सले शुरुवाती अग्रता बनायो । ६४ औं मिनेटमा निकोला भ्लासिकले क्रोएसियाका लागि बराबरी गोल फर्काए ।

७९ औं मिनेटमा केलियन एमबाप्पेले फ्रान्सका लागि विजयी गोल गरे । जितसँगै समान चार खेलबाट समान १० अंक जोडेको फ्रान्स दोस्रो स्थानमा छ भने समान चार खेलबाट ३ अंक रहेको क्रोएशिया तेस्रो स्थानमा छ ।

फ्रान्स र क्रोएसिया सन् २ हजार १८ को विश्वकप फूटबलको फाइनलमा भिडेका थिए । फ्रान्सले फाइनलमा क्रोएसियालाई ४(२ ले हराउँदै विश्वकप उपाधि उचालेको थियो ।

यस्तै समूह ए टु अन्तर्गतको खेलमा शीर्ष स्थानको बेल्जियमले आइसल्याण्डलाई २(१ ले र डेनमार्कले इंग्ल्याण्डलाई १(० गोलले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्