आर्थिक
सानिमा बैंकले १३ दशमलव ६० प्रतिशत लाभांश दिने
२०७७ असोज २८ गते १३:४५

२८ असोज, २०७७ काठमाडौं । सानिमा बैंकले गत वर्षको कमाइबाट शेयरधनीलाई १३ दशमलव ६० प्रतिशत लाभांश दिने भएको छ ।
सानिमा बैंकको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनश शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर सानिमा बैंकको साधारणसभाबाट पारित भएपछि मात्र शेयर धनीले पाउनेछन् ।
सानिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ छ । बोनश वितरणपछि सानिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
सानिमाले पोहोरको तुलनामा यो वर्ष साढे ७ प्रतिशत कम लाभांश प्रस्ताव गरेको हो ।
प्रतिक्रिया