अन्तर्वार्ता

कर्णाली प्रदेश मुख्यमन्त्रीविरुद्धको अविश्वास कायमै छः नेकपा सहइञ्चार्ज कँडेल (भिडियो)

हिमालय टिभी
२०७७ असोज २८ गते १३:१०
कर्णाली प्रदेश मुख्यमन्त्रीविरुद्धको अविश्वास कायमै छः नेकपा सहइञ्चार्ज कँडेल (भिडियो)

२८ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका कर्णाली प्रदेश सहइञ्चार्ज एवं प्रदेश सांसद यामलाल कँडेलले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव कायमै रहेको र समस्या पनि समाधान नभएको बताउनुभएको छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा नेता कँडेलले समस्या कायमै रहेको र छलफल गर्ने ठाउँ मात्र फेरिएको बताउनुभयो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अविश्वासको प्रस्तावको सामना गर्नुको साटो शक्तिको दुरुपयोग गरी परिस्थितिलाई थप जटिल बनाएको उहाँको दावी छ । अविश्वास प्रस्तावका पक्षमा लागेका सांसदलाई लोभ लालच र धम्की दिइएको र कतिपय त्यसबाट प्रभावित पनि भएको कँडेलको टिप्पणी छ ।

शाहीसँगै नेता कँडेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालप्रति पनि आक्रोश व्यक्त गर्नुभयो । कँडेलले ठूला नेताहरुले नै पार्टीलाई पार्टी बन्न नदिएको उहाँको आरोप छ ।

प्रचण्ड र नेपालपक्ष मिलेपछि मुख्यमन्त्रीविरुद्धको प्रस्ताव अघि बढ्न सकेको छैन । पहिले हस्ताक्षर गरेका नेपाल पक्षका सात जनापछि हटेका छन् । र त्यसका लागि शक्ति बाँडफाँडको सहमति भएको छ । तर आफू अविश्ववासको प्रस्तावबाट पछि नहट्ने र शीर्ष नेतृत्वसँग पनि संवाद गर्न र यसको औचित्व पुष्टि गर्न तयार रहेको उहाँले प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री शाही र नेता कँडेल लगायतलाई यसबारे छलफल गर्न काठमाडौं बोलाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्