खेलकूद

विश्वकप छनोटमा ब्राजिलको शानदार जित, पेरु ४–२ गोलअन्तरले पराजित

हिमालय टिभी
२०७७ असोज २८ गते ९:१७
विश्वकप छनोटमा ब्राजिलको शानदार जित, पेरु ४–२ गोलअन्तरले पराजित

२८ असोज, २०७७ काठमाडौं । विश्वकप छनोटमा ब्राजिलले शानदार जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा ब्राजिलले पेरुमाथि ४–२ को जित निकालेको हो । ब्राजिलको जितमा नेयमारले ह्याट्रिक बनाए ।

खेलमा पाँचौ मिनेटमै आन्द्रे कारिलोको गोलसँगै पेरुले अग्रता बनाएको थियो । २८ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत खेल गर्दै खेल बराबरी गरे । पेरुका लागि ५९ औं मिनेटमा रेनाटो तापियाले गोल थपे ।

ब्राजिलका लागि ६४ औं मिनेटमा रिचारलिसनले गोल गरेपछि खेल २(२ गोलको बराबरी भयो । त्यसपछि ब्राजिलले अन्तिम समयमा थप दुई गोल थप्न सफल भएको थियो ।

नेयमारले ८३ औं मिनेट र इञ्जुरी समयमा गोल थप्दै ह्याट्रिक पूरा गरेपछि ब्राजिल ४–२ ले विजयी भयो । खेल सकिन एक मिनेट बाँकी रहँदा कार्लोस जान्ब्रानोले रातो कार्ड पाएपछि पेरु १० खेलाडीमा सीमिति बनेको थियो ।

लगातार दोस्रो खेलमा जित निकालेको ब्राजिलले समूह चरणमा २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ ।

यस्तै अर्को खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराएको छ । अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र जोकिन कोरीले एकएक गोल गरे । बोलिभियाका तर्फबाट मार्सेलो मोरिनोले एक गोल गरे ।

२४ औं मिनेटमा मोरिनोको गोलसँगै बोलिभियाले अग्रता बनाएको थियो । ४५ औं मिनेटमा अर्जेन्टिनाका मार्टिनेजले गोल गरेपछि खेल १-१ गोलको बराबरी भयो । ७९औं मिनेटमा कोरीले गोल गरेपछि अर्जेन्टिनाले खेलमा २-१ गोलको अग्रता बनायो ।

त्यसपछि खेलमा थप गोल हुन सकेन । समूह चरणमा दुई खेलबाट ६ अंक जोडेको अर्जेन्टिनाले दोस्रो स्थानमा छ । छनोट अन्तर्गत नै अन्य खेलमा इक्वेडरले उरुग्वेलाई ४-२ ले र पराग्वेले भेनेजुएलालाई १-० गोलले हराउँदा चिली र कोलम्बियाले २-२ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्