आइपीएलमा चेन्नईको तेस्रो जित, हैदराबाद २० रनले पराजित
२८ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा चेन्नई सुपर किंग्सले तेस्रो जित निकालेको छ ।
आइपीएल अन्तर्गत सम्पन्न पछिल्लो खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो ।
१ सय ६८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रनमात्र जोड्न सक्यो । हैदराबादका लागि केन विलियम्सनले ५७ तथा जोन्नी बेरिष्टोले २३ रन बनाए ।
बलिङमा चेन्नईका कर्ण शर्मा र ड्वेन ब्राभोले समान २(२ विकेट हात पारे । यसअघि दुबईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गर्दै चेन्नईले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ६७ रन बनाएको थियो ।
चेन्नईका लागि शेन वाट्सनले ४२, अम्बाटी रायुडुले ४१ तथा साम कुरानले ३१ रन बनाउँदा रविन्द्र जडेजा २५ रन अविजित रहे ।
बलिङमा हैदराबादका संदीप शर्मा, खलिल अहमद र टी नटराजनले समान २–२ विकेट लिए । समान ८ खेलबाट समान ६–६ अंक जोडेको हैदराबाद तालिकाको पाँचौ स्थान र चेन्नई छैठौं स्थानमा छन् ।
प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।
प्रतिक्रिया