खेलकूद

राखेप पदाधिकारी व्यक्तिगत स्वार्थमा लागेः कप्तान चेम्जोङ

हिमालय टिभी
२०७७ असोज २७ गते १८:३६
राखेप पदाधिकारी व्यक्तिगत स्वार्थमा लागेः कप्तान चेम्जोङ

२७ असोज, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले लामो समयदेखि बन्द खेलकूद गतिविधि शुरु नगरी राष्ट्रिय खेलकूद परिषद्का पदाधिकारी व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाएका छन् ।

कोरोनाका कारण रोकिएका खेलकूद शुरु गर्न राखेपलगायतका निकायले बेवास्ता गरेको भन्दै खेलाडी पलायन हुने अवस्था आएको किरणले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् किरणले आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी प्रतियोगिता र प्रशिक्षण तत्काल शुरु गर्न आग्रह गरेका छन् । खेलकूद गतिविधि बन्द हुँदा खेलाडी मर्कामा परेको भन्दै उनले फूटबल लगायत सबै खेल गतिविधि शुरु गर्न आवश्यक रहेको बताए ।

कोरोनाका कारण खेलाडी सात महिनादेखि बेरोजगार भएको र यसले नयाँ पुस्तामा नकारात्मक प्रभाव पारेको किरणको सन्देशमा उल्लेख छ । उनको यो पोष्टमा अन्य खेलकर्मी र खेलाडीहरुले पनि समर्थन जनाएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षणको अनुमतिका लागि यसअघि नै राखेपमा निवेदन पेश गरेको थियो । विभिन्‍न राष्ट्रबाट मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको भन्दै एन्फाले प्रशिक्षणको लागिअनुमति मागे पनि राखेपले केही पहल गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्