खेलकूद

आइपीएलमा बेंग्लोर विजयी, कोलकाता ८२ रनले पराजित

हिमालय टिभी
२०७७ असोज २७ गते ७:४२
आइपीएलमा बेंग्लोर विजयी, कोलकाता ८२ रनले पराजित

२७ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा रोयल च्यालेञ्चर्स बेंग्लोर विजयी भएको छ।

आइपीएल अन्तर्गत सम्पन्न पछिल्लो खेलमा बेंग्लोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १२ रन मात्र बनाउन सक्यो ।

उसका लागि शुभम् गीलले सर्वाधिक ३४ रन बनाए । बलिङमा बेंग्लोरका क्रिस मोरिस र वासिंगटन सुन्दरले समान दुईदुई विकेट लिए ।

यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा मात्र दुई विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । बेंग्लोरका एबी डिभिलियर्स ७३ तथा कप्तान विराट कोहली ३३ रनमा अविजित रहे ।

त्यस्तै आरोन फिन्च ४७ र देवदत्त पडीक्कल ३२ रनमा पेभेलियन फर्के । डिभिलियर्स म्यान अफ द म्याच चुनिए ।

जितसँगै बेंग्लोर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने कोलकाता चौथो स्थानमा छ । दुबै टोलीले समान ७ खेल खेल्दा बेंग्लोरको १० र कोलकाताको ८ अंक रहेको छ ।

प्रतियोगिताअन्तर्गत आज सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्