समाज

पाल्पाका पहिरो पीडितको स्वास्थ्य चौकी र आफन्तकोमा बास, कहिले हुन्छ व्यवस्थापन ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २६ गते १७:१३
पाल्पाका पहिरो पीडितको स्वास्थ्य चौकी र आफन्तकोमा बास, कहिले हुन्छ व्यवस्थापन ? (भिडियोसहित)

२६ असोज, २०७७, पाल्पा । फोक्सिङ्गकोट बेलौजाका पहिरो पीडित अहिले पनि स्वास्थ्य चौकी र आफन्तको घरमा शरण लिएर बस्न बाध्य छन् । उनीरुले सुरक्षित बासस्थानको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

असोज ८ गते पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोट बेलौजामा पहिरोले छ जनाको मृत्यु भयो । पहिरोले १७ घर परिवार विस्थापित भएका छन् । उनीहरुले अहिले स्थानीय स्वास्थ्य चौकीमा बस्न बाध्य छन् । पहिरो गएको ठाउँमा डाडै चर्किएको छ । घरका आँगना धाँजा फाटेको छ । घरमा बस्न सक्ने स्थिति नै छैन ।

आफ्नो घर छोडेर स्वास्थ्य चौकी तथा आफन्तको घरमा रात बिताउने पहिरो पीडित राम्ररी निदाउन सक्दैनन् । कोरोना सक्रमणको जोखिम कायमै रहेको तथा सक्रमण दर बढ्दै गएको बेलामा स्वास्थ्य चौकी तथा आफन्तको घरमा कोचिएर सुत्नु पर्दा समस्या छ ।

एक दुई दिन घर बाहिर आफन्तकहाँ बस्न मिल्दोरहेछ तर सधै अरुको घरमा बस्न पनि नसकिने उनीहरुको दुखेसो छ । उनीहरु भन्छन् – धाँजा फाटेको र पहिरो झरेको ठाउँमा खेतीपाती त गरौला तर घर त सुरक्षित ठाउँमा चाहियो नि ।

पहिरोमा परी मृत्यु भएका परिवारको काजक्रिया तथा घर खर्चको लागी बिदेशमा रहेका पाल्पालीहरुले तीन घर परिवारलाई दुई लाख रुपैया नगद सहयोग गरेका छन् ।

गाउँपालिकाले पनि विस्थापित परिवारको लागी खाधान्य सहयोग गरेको छ । विस्थापित परिवारहरुको घर घडेरी व्यवस्थापनको लागि उपयुक्त स्थानको खोजीका ला वडा कार्यालयले गाउँपालिकासँग सहयोग मागेको छ ।

एक तिर कोरोनाको डर अर्को तर्फ पाटीको बास । फोक्सिङ्गकोट बेलौजाका बासिन्दाका लागि ठूलो चोट के होला । पहिरो विस्थापितलाई चाँडो व्यवस्थापन गर्न सके उनीहरुको पिडामा केही भए पनि मला लाग्ने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *