खेलकूद

यूईएफए नेशन्स लीगमा बेल्जियमलाई इंग्ल्याण्डले हरायो

हिमालय टिभी
२०७७ असोज २६ गते ८:१०
यूईएफए नेशन्स लीगमा बेल्जियमलाई इंग्ल्याण्डले हरायो

२६ असोज, २०७७ काठमाडौं । यूईएफए नेशन्स लीग फूटबलमा इंग्ल्याण्डले विश्व शीर्ष वरियताको बेल्जियमलाई पराजित गरेको छ ।

वेम्बली रंगशालामा गएराति समूह ए टु अन्तर्गत भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २(१ गोलले हराएको हो । इंग्ल्याण्डको जितमा मार्कस राशफोर्ड र मासन माउन्टले एक(एक गोल गरे ।

बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरेका थिए । १६ औं मिनेटमै लुकाकुले पेनाल्टीमार्फत गोलसँगै बेल्जियमलाई अग्रता दिलाएका थिए । एरिक डीरले लुकाकुलाई डिबक्समा लडाउँदा पाएको पेनाल्टीलाई उनले गोल गरेका थिए । तर ३९ औं मिनेटमा इंग्ल्याण्डका राशफोर्डले पेनाल्टीमार्फत नै गोल थप्दा खेल एकएक गोलको बराबरी भयो ।

६४ औं मिनेटमा माउन्टले गोल गरेपछि इंग्ल्याण्डले खेलमा दुई(एक गोलको अग्रतम बनायो । त्यसपछि खेलमा थप गोल हुन सकेन । जितपछि तीन खेलबाट सात अंक जोड्दै इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै समान तीन खेलबाट ६ अंक जोडेको बेल्जियमको यो दोस्रो स्थानमा छ । उता विश्व विजेता फ्रान्स र पोर्चुगल गोलरहित बराबरीमा रोकिएका छन् ।

समूह ए थ्री अन्तर्गतको खेलमा फ्रान्स र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । समान तीन खेलबाट समान सात अंकसहित पोर्चुगल पहिलो र फ्रान्स दोस्रो स्थानमा छन् ।

समूह ए थ्रीकै अर्को खेलमा क्रोएशियाले स्विडेनमाथि २(१ को तथा समूह बी वानमा नर्वेले रोमानियामाथि ४(० गोलको जित निकाले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्