आर्थिक

यो वर्ष दशैंमा सर्वसाधारणले नयाँ नोट साट्न नपाउने

हिमालय टिभी
२०७७ असोज २५ गते १८:२३
यो वर्ष दशैंमा सर्वसाधारणले नयाँ नोट साट्न नपाउने

२५ असोज, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा सर्वसाधारणका लागि नयाँ नोट नसाट्ने भएको छ ।

राष्ट्र बैंकले आज सूचना निकालेर बढ्दै गएको कोरोना संक्रमणलाई ध्यानमा राखेर नयाँ नोट नसाट्ने जनाएको हो ।

नयाँ नोट साट्दा कोरोना संक्रमण बढ्न सक्ने जोखिम देखाउँदै राष्ट्र बैंकले सर्वसाधारणका साना दरका नोट नसाटिने बताएको हो ।

राष्ट्र बैंकले दशैंतिहार लक्षित गरेर सर्वसाधारणका लागि वार्षिकरुपमा नयाँ नोट साट्ने सुविधा दिँदै आएको थियो ।

राष्ट्र बैंकको अलावा कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकमार्फत सर्वसाधारणले ५, १०, २०, ५० र एक सयका नयाँ नोट साट्ने गर्दथे । तर कोरोना संक्रमणका कारण यो वर्ष भने सर्वसाधारणले पुरानै नोटले काम चलाउनु पर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *