विदेश

थाइल्याण्डमा बस रेलसँग ठोकिँदा १८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज २५ गते १७:३०
थाइल्याण्डमा बस रेलसँग ठोकिँदा १८ जनाको मृत्यु

२५ असोज, २०७७, बैंकक । थाइल्याण्डमा एउटा बस रेलसँग ठोकिँदा १८ जनाको मृत्यु भएको छ ।

राजधानी बैंककभन्दा ५० किलोमिटर पूर्वमा दुर्घटना भएको हो । बसमा सवार विशेष पुजाका लागि मन्दिर जाँदै गरेका बैद्ध धर्मावलम्बी भएको स्थानीयले अधिकारीले बताएका छन् ।

बसमा ६० जना यात्रु रहेको बताइएको छ । प्रधानमन्त्री प्रयुत चान ओचाले दुर्घटनाको अनुसन्धान गर्ने बताएका छन् ।

थाइल्याण्डमा दुर्घटना सामान्य जस्तै छ । सन् २०१८ को रिपोर्ट अनुसार थाइल्याण्ड सर्वाधिक सडक दुर्घटना हुने दोस्रो देश हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *