आर्थिक

यो वर्ष दशैंमा भारतबाट खसीबोका नआउने, धान्ला त आन्तरिक उत्पादनले ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २५ गते १६:२२
यो वर्ष दशैंमा भारतबाट खसीबोका नआउने, धान्ला त आन्तरिक उत्पादनले ? (भिडियोसहित)

२५ असोज, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै दशैंमा करिब ५० हजार खसी बोकाको माग हुने गरेको छ । कुल मागमध्ये २५ हजार मात्र आन्तरिक उत्पादनले पुग्ने हुँदा बाँकी २५ हजार खसीबोका भारतबाट आयात हुँदै आएको थियो ।

तर क्वारेण्टाइन परीक्षण प्रमाणपत्रको विषय र कोरोना महामारीका कारण भारतबाट खसीबोका आयात रोकिएको छ । यसले दशैंमा खसीबोका अभाव हुने आशंका बढे पनि व्यवसायीले भने अभाव नहुने दाबी गरेका छन् ।

दशैंमा वर्षभरीकै सबैभन्दा बढी मासु खपत हुन्छ । अरु बेला काठमाडौं उपत्यकामा मात्रै दैनिक औषत ५ सयको हाराहारीमा खसी बोका माग हुने गरेकोमा दसैंमा बढेर दैनिक १ हजार २ सय नाघ्छ । तर दसैंको माग आन्तरिक उत्पादनले मात्र थेग्दैन् त्यसैले अपुग आधा खसी बोका भारतबाट ल्याइन्छ । तर क्वारन्टिन परीक्षण प्रमाणपत्र बिना आयातमा सरकारले लगाएको रोक र कोरोना महामारीका कारण अहिले भारतबाट खसी बोका आएको छैन् ।

यसले काठमाडौं उपत्यकामा दशैंका बेला खसीबोका अभाव हुने धेरैको अनुमान छ । तर कोरोनाका कारण विवाह, भोजभतेरजस्ता कार्य रोकिँदा खसीबोकाको खपत निकै घटेकाले दशैंमा आयात नहुँदा समेत अभाव नहुने व्यवसायीको तर्क छ ।

कोरोना संंक्रमणका कारण खपतमा कमी आएका कारण यो वर्ष राजधानीका खसी बजारमा विगतको जस्तो चहलपहल पनि छैन् । यस्तै ठूलो जनसंख्या यसअघि नै काठमाडौंबाट बाहिरी सकेकाले काठमाडौंमा कति खसी बोकाको खपत हुने हो भन्ने यकिन छैन् । तर अभावको वहाना देखाएर मूल्य बढाउने सम्भावना भने छ । त्यसैले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले मूल्य स्थीर राख्न ३ हजार खसीबोका र च्याङग्रा बिक्री वितरण गर्दैछ ।

काठमाडौं उपत्यकामा मात्र वार्षिक ६ लाख खसी बोकाको माग छ । तर स्वदेशमै पर्याप्त उत्पादन नहुँदा भारतबाट आयात गरेर पूर्ति गर्नुपर्ने अवस्था छ ।

यदि स्वदेशमै उत्पादन नबढाउने हो भने बढ्दै गएको मासुको खपतसँगै आयात समेत बढ्दै जाने निश्चित छ । जुन हाम्रो अर्थ व्यवस्थाका लागि राम्रो होइन । त्यसैले हरेक वर्ष देखिने समस्या समाधानका लागि आन्तरिक उत्पादनमै जोड दिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *