आर्थिक

श्रीराम सुगर मिल्सले उखुको पैसा नदिएपछि किसानले गुहारे संसदीय समिति

हिमालय टिभी
२०७७ असोज २५ गते १५:२०
श्रीराम सुगर मिल्सले उखुको पैसा नदिएपछि किसानले गुहारे संसदीय समिति

२५ असोज, २०७७ काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सले उखुको पैसा नदिएपछि किसानले संसदीय समिति गुहारेका छन् ।

छिटो भुक्तानी दिलाइ पाउँ भन्दै उनीहरुले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ज्ञापनपत्र बुझाएका छन । २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाका लागि बन्द गरिएको भनिएको श्रीराम सुगर मिल्सले किसानको पैसा दिएको छैन ।

उद्योगले पैसा तिर्न नसक्ने बताएको छ । उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैं अघि नै पाउने व्यवस्था मिलाईदिन पनि किसानको गुहार छ ।

किसानले आर्थिक वर्ष २०७१–०७२को १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५–०७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६–०७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

उद्योग बन्द हुँदा त्यस क्षेत्रका परेकोले हजारौं घरपरिवारको आयस्रोत नै बन्द भएकाले उद्योगलाई फेरी शुरु गर्ने वातावरण मिलाईदिन समेत उनीहरुको छ ।

रौतहटमा करिब १८ हजार किसानले उखु खेती गर्दै आएका छन् । तर उखु मिल नै बन्द भएपछि सबै किसानको आम्दानी बन्द हुँदा हजारौं घरपरिवारको आयस्रोत बन्द हुने अवस्थामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *