आर्थिक

यो वर्ष पनि सरकारले काठमाडौंमा खसी, बोका र च्याङ्ग्रा विक्री गर्ने

हिमालय टिभी
२०७७ असोज २५ गते ७:३१
यो वर्ष पनि सरकारले काठमाडौंमा खसी, बोका र च्याङ्ग्रा विक्री गर्ने

२५ असोज, २०७७ काठमाडौं । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ ।

यो वर्ष घटस्थापनाको भोलिपल्ट कात्तिक २ गतेदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री खुल्ला गर्ने भएको हो ।

दुई हजार खसी तथा एक हजारको संख्यामा च्याङ्ग्रा वितरण गर्ने योजना अनुसार खरिद गर्ने प्रकृया अन्तिम चरणमा पुगेको कम्पनीका विभागिय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यस वर्ष तीन हजार वटा खसी र च्याङ्ग्रा खरिद गर्नको लागि ढुवानीकर्ताको छनौट गरिसकेको छ ।

उनीहरुलाई त्यहाँका स्थानीय प्रशासन कार्यालयले सहजीकरण गरेर खसी बोका पठाउने व्यवस्था मिलाउनेछन् । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले यो बर्ष दाङ र हेटौंडाबाट खसी बोका ल्याउन लागेको छ ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइने तयारी छ । यो बर्ष खाद्यले खसी बोका खरिदका लागि ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *