खेलकूद

कस्तो आउनु पर्छ क्रिकेटमा प्रशिक्षक ? पूर्व कप्तानको नजर (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २४ गते ६:३२
कस्तो आउनु पर्छ क्रिकेटमा प्रशिक्षक ? पूर्व कप्तानको नजर (भिडियोसहित)

२४ असोज, २०७७ काठमाडौं। पछिल्लो समय नेपाली क्रिकेटको उचाई निकै बढेको छ । १० वर्षअघिसम्म पाँचौँ डिभिजनमा रहेको नेपाल अहिले दोस्रो डिभिजनमा छ । नेपाललाई यो उचाईमा पुर्‍याउन विशेष गरी दुई जना श्रीलंकाली प्रशिक्षक रोय डायस र पुबुदु दासानायकेको भूमिका महत्वपूर्ण रह्यो ।

अहिले नेपाली क्रिकेट मुख्य प्रशिक्षकविहीन छ । नेपाल क्रिकेट संघले विदेशी प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको छ र दरखास्त दिने म्याद पनि सकिएको छ। तर, को कसको आवेदन आयो भन्ने अझै खुलाइएको छैन । प्रशिक्षक छनौटको विषयलाई अहिले चासोका साथ हेरिएको छ ।

दुई दशक अगाडि श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाली टोली सम्हाल्दै गर्दा नेपाली क्रिकेट टोली बामे सर्दै थियो । डायसले उमेर समूहका नेपाली खेलाडीलाई माझ्ने काम गरेर नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा चिनाउन महत्वपूर्ण भूमिका खेले ।

त्यसपछि अर्का श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायके आए । चार वर्षे कार्यकालमा दासानायकेले नेपाललाई डिभिजन टूसम्म र ट्वेन्टी ट्वेन्टी विश्वकपसम्म्मा पुर्‍ याए । अहिलेसम्म नेपाललाई १३ जना विदेशीले प्रशिक्षण दिइसकेपनि डायस र दासानायकेले यो दुई दशकमा नेपाली क्रिकेटलाई विश्व क्रिकेटको फराकिलो मञ्चसम्म पुर्‌याए ।

अहिले नेपाली क्रिकेट प्रशिक्षकविहीन छ । प्रशिक्षकका लागि क्यानले दरखास्त खोलेको छ । यस्तो अवस्थामा नयाँ प्रशिक्षकको काम चुनौतिपूण छ । क्रिकेट खेलाउनुसँगै नयाँ प्रशिक्षकले थप जिम्मेवारी बहन गर्न सक्नु पर्नेछ ।

अहिले विश्व कोरोना महामारीको चपेटामा परेको छ । क्रिकेट गतिविधि त्यति चलायमान हुन सकेका छैनन् । यो समय क्यानलाई नयाँ प्रशिक्षक खोज्ने उपयुक्त समय मिलेको छ । नेपाली टिमको प्रशिक्षक बनेर को आउला भन्ने चासो सर्वत्र बढ्दै गइरहेको छ ।

त्यसैले यस्तो अवस्थामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हैसियत बनाएको नेपाल र विश्व क्रिकेटलाई नजिकबाट बुझेको र बुझ्न सक्ने प्रशिक्षक आवश्यक रहेको पूर्व कप्तान विनोद दासको मत छ ।

२०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ । र अहिले क्रिकेट गतिविधि पनि शून्य छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित भैरहेको अवस्थामा क्यानले प्रशिक्षक र विभिन्न पदाधिकारीको नियुक्तिलाई सक्दो छिटो पूरा गरी क्रिकेटलाई चलायमान बनाउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्