हरि खड्कासहित ११ जना राष्ट्रिय खेलकूद परिषद बोर्ड सदस्य नियुक्त
२३ असोज, २०७७ काठमाडौं । राष्ट्रिय फूटबल टोलीका पूर्व कप्तान तथा महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्कासहित ११ जनालाई सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप) बोर्ड सदस्यमा नियुक्त गरेको छ ।
राखेपमा सदस्य सचिव र उपाध्यक्ष नियुक्त भएको साढे २ महिनापछि ११ जना सदस्य नियुक्त भएका हुन् । मन्त्रिपरिषद् बैठकले खस आर्यकोटाबाट प्रदेश १ का हरि खड्का, दलित मधेशी कोटबाट प्रदेश २ का मानदेव हजारा र मुस्लिम कोटाबाट मोहम्मद शेखलाई सदस्य मनोनित गरेको हो ।
त्यस्तै जनजातिबाट बागमतीका पुरेन्द्र लाखे, गण्डकीका राजेश गुरुङ, महिलातर्फ कर्णाली प्रदेशबाट नन्दा बस्याल, प्रदेश एककी चन्द्रा बन्दना राई र लुम्बिनी प्रदेशकी सुमित्रा चौधरी थारु सदस्य बनेका छन् ।
सुदूरपश्चिमबाट एकेन्द्र कुँवर पिछडिएको क्षेत्रबाट नियुक्त भएका छन् । सुदूरपश्चिमका एकेन्द्र कुँवर र गण्डकीका राजेश गुरुङ यसअघि पनि राखेप सदस्यमा थिए ।
त्यस्तै, खेलकुद संघबाट महिला कोटामार्फत रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई मनोनित गरिएको छ ।
प्रतिक्रिया