आर्थिक

लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालन

हिमालय टिभी
२०७७ असोज २३ गते १४:४४
लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालन

२३ असोज, २०७७ लमजुङ । लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ ।

लमजुङ र मनाङ जिल्लाका करदातालाई सेवा दिने उद्देश्यले लमजुङको सदरमुकाम बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको हो ।

हालसम्म दायरामा आएका लमजुङका ८ हजार २ सय ९० करदाता र मनाङका ५ सय ९७ करदातालाई सेवा दिने गरी कार्यालयले काम थालेको छ ।

कर अधिकृत सुशील लम्सालका अनुसार यो कार्यालयले करदाताको संख्या बढाउन थप काम गर्नेछ । कर कार्यालयबाट व्यक्तिगत वा संस्थागतरुपमा दर्ता हुने, संस्थाको उद्देश्य परिवर्तन गर्ने, राजश्व बुझाउने लगायतका सेवा दिईनेछ ।

अब यस क्षेत्रका बासिन्दाल करसम्बन्धी सेवा लिन तनहुँको दमौलीसम्म जानुपर्ने स्थितिको अन्त्य छ । लमजुङ र मनाङका करदाताले यस अघि तनहुँको दमौलीमा रहेको आन्तरिक राजस्व कार्यालयबाट कर सम्बन्धी सेवा लिदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *