खेलकूद

आइपीएलमा हैदराबादको तेस्रो जित, पञ्जाब ६९ रनले पराजित

हिमालय टिभी
२०७७ असोज २३ गते ७:२६
आइपीएलमा हैदराबादको तेस्रो जित, पञ्जाब ६९ रनले पराजित

२३ असोज, २०७७ काठमाडौं । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।

पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११–११ रन जोडे ।

हैदराबादका राशिद खानले ३ विकेट लिए । यस्तै खलिल अहमेद र टी नटराजनले २र२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय पारी खेले । बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नर ५२ रनमा आउट भए । पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १ सय ६० रनको साझेदारी गरेका थिए ।

यस्तै अविशेक शर्माले १२ रन जोड्दा केन विलियम्सन २० रनमा अविजित रहे बनाए । पन्जाबका रबि बिश्नोईले २ विकेट लिए । आर्शदिप सिंहले २ तथा मोहमद शामीले १ विकेट लिए ।

जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । हैदराबाद तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ । पन्जाबको यो पाँचौ हार हो । ६ खेलमा २ अंक जोडेको पपन्जाब अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्