आर्थिक

अनअराइभल भिसा दिएपनि ७ दिन क्वारन्टिनमा बस्न आउलान् त पर्यटक ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २२ गते २०:१८
अनअराइभल भिसा दिएपनि ७ दिन क्वारन्टिनमा बस्न आउलान् त पर्यटक ? (भिडियोसहित)

२२ असोज, २०७७ काठमाडौं । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई नेपाल प्रवेश खुलाएको त छ नै कात्तिक १ गते देखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय समेत गरेको छ । तर सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण विदेशी पर्यटकले नेपाल आउन नखोजेको पर्यटन व्यवसायीको गुनासो छ ।

सरकारले पर्यटन आवागमन खुल्ला गर्ने निर्णय गरेसँगै पछिल्लो समय पदयात्रा, पर्वतारोहण र र्याफ्टीङका लागि सोधपुछ गर्ने पर्यटकको संख्या बढिरहेको छ ।

खासगरी नेपालमा कोभिड संक्रमणको लागि के कस्ता मापदण्ड छन् भन्नेबारे पर्यटकले सोधपुछ गर्छन । तर काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकोले टिकट बुकिङका लागि आग्रह गर्न नसकिएको व्यवसायीहरु बताउँछन ।

कुनैपनि पर्यटक अहिले नेपाल घुम्न आए ७ दिन क्वारन्टिनमा बस्नुपर्छ । त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमात्रै पदयात्रा र पर्वतारोहणको अनुमति पाइन्छ ।

संसारभर नेपाल पदयात्रा र पर्वतारोहणका लागि प्रख्यात भएकाले पदयात्रा र पर्वतारोहणका लागि आउन चाहने पर्यटकको चासो धेरै छ । तर टिकट बुकिङ भने गरिसकेका छैनन् ।

पर्यटकले नेपाल आउन सोधखोज गरिरहेपनि व्यवसायीले चित्तबुझ्दो जवाफ दिन सकिरहेका छैनन् । यसले झन्डै ७ महिना बन्द भएर बल्ल खुलेको पर्यटकीय क्षेत्रमा उत्साह भर्न सकेको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *