आर्थिक

साल्ट ट्रेडिङले चीनबाट ल्याएको ५ हजार टन डीएपी मल कामै नलाग्ने

हिमालय टिभी
२०७७ असोज २२ गते १८:२०
साल्ट ट्रेडिङले चीनबाट ल्याएको ५ हजार टन डीएपी मल कामै नलाग्ने

२२ असोज, २०७७ काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन केन्द्रीय कार्यालयले चीनबाट ल्याएको २५ हजार मेट्रिक टन डीएपी मलमध्ये ५ हजार टन कामै नलाग्ने रहेको पाइएको छ ।

ग्लोबल टेण्डरमार्फत साल्ट ट्रेडिङ्गले चिनियाँ कम्पनी स्वीस सिङ्गापुरसँग किनेको मध्ये ५ हजार मेट्रिक टन मल पानीले भिजेको अवस्थामा वीरगञ्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आइपुगेको हो ।

मल चीनबाट पानी जहाजमा भारतको कोलकाता बन्दरगाहा हुँदै त्यहाँबाट रेलमार्गबाट वीरगञ्जसम्म ल्याइएको थियो। भिजेर बिग्रेको मल कामै नलाग्ने भएकाले कम्पनीले जिम्मेवारी नलिने साल्ट ट्रेडिङ्गका क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७७–७८ को जेठ मसान्तदेखि कृषि सामग्री कम्पनीले मल आपूर्ति गर्न नसकेपछि साल्ट ट्रेडिङ्गले मल आयात गरेर किसानलाई विक्री गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *