विदेश
अमेरिकी कवयित्री लुइस ग्लुकलाई यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार
२०७७ असोज २२ गते १८:१६

२२ असोज, २०७७ स्वीडेन । यस वर्षको सहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिने घोषणा गरिएको छ ।
स्टकहोमस्थित द स्वीडिस एकेडेमीमा यसको घोषणा गरिएको हो । उनको त्रुटिरहित काब्य आवाजले मानिसको अस्तित्वलाई सर्वब्यापी बनाउन उल्लेख्य भूमिका खेलेकाले यो वर्षको पुरस्कार दिइएको द नोबेलले जनाएको छ ।
नोबेल पुरस्कारको राशी एघार लाख अमेरिकी डलर रहेको छ ।
यसअघि नोबेल पुरस्कार विशेष कार्यक्रम गरेर प्रदान गरिँदै आएकोमा यसपटक भने भर्चुअल माध्यमबाट कार्यक्रम संचालन हुनेछ । पुरस्कार वितरण कार्यक्रम आगामी डिसेम्बरमा हुनेछ ।
प्रतिक्रिया