आर्थिक

लकडाउन र निषेधाज्ञामा मास्क र पीपीई बनाउन भ्याइ नभ्याइ (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २२ गते १८:०७
लकडाउन र निषेधाज्ञामा मास्क र पीपीई बनाउन भ्याइ नभ्याइ (भिडियोसहित)

२२असोज, २०७७ नेपालगञ्ज । लकडाउनका कारण हजारौ उद्योग बन्द भए । लाखौं मजदुरले रोजगारी गुमाए । तर नेपालगन्जको घरबारी टोलमा रहेको लुम्बिनी गार्मेन्ट उद्योगले मास्क र पीपीइ सेट बनाएर दैनिक ५० देखि ५५ जना मजदुरलाई रोजगारी दिएर राम्रै मुनाफासमेत कमाइरहेको छ ।

सर्जिकल मास्क र ब्रान्डेड पीपीई सेट अभाव भएपछि चिकित्सकले गार्मेट उद्यमीलाई कपडाको मास्क र प्लाष्टिकको भए पनि पीपीई सेट बनाएर अभाव टार्न आग्रह गरे । दैनिक हजारौंको संख्यामा कपडाको मास्क र सयौंको संख्यामा पीपीई सेटको अर्डर आउन थाल्यो । माग बढ्दै गएपछि बाँकेको लुम्बिनी गार्मेट उद्योगले दैनिक १८ घन्टासम्म मास्क र पीपीई सेट बनायो ।

लकडाउन शुरु भएदेखि अहिलेसम्म करिब ८ लाख मास्क र करिब ७ हजार पीपीई सेट बनाएको छ। पछिल्ला दिनमा पीपीई सेटको अर्डर कम भए पनि कपडाको मास्कको अर्डर भने आइनै रहेको छ । उद्योगबाट उत्पादन भएका मास्क र पीपीई सेट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने गरेको छ ।

कोरोना संक्रमण र लकडाउनका बेला धेरै उद्योग बन्द भए । धेरैले रोजगारी गुमाए । तर यो गार्मेन्टका मजदुर लकडाउन र निषेधाज्ञाको बेलामा पनि पनि खाली बस्नु परेन । आफुहरुले काम गर्ने गार्मेन्ट उद्योग सञ्चालन हुँदा मजदुर पनि निक्कै उत्साही छन् ।

समस्या मात्रै देख्ने र सरकारको मात्रै मुख ताक्ने प्रवृत्ति बढी रहेका बेला लुम्बिनी गार्मेट उद्योगकी सञ्चालक कश्मिराले देशका लागि अत्यावश्यक मास्क र पीपीई सेट उत्पादन गरेर उदारणीय काम मात्रै गर्नु भएको छैन । दैनिक ५५ जना मजदुरलाई रोजगारी दिएर संकटको बेला सहयोग पनि गरिरहनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *