खेलकूद

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा विश्व विजेता फ्रान्सको शानदार जित

हिमालय टिभी
२०७७ असोज २२ गते ७:५९
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा विश्व विजेता फ्रान्सको शानदार जित

२२ असोज, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा विश्वविजेता फ्रान्सले शानदार जित निकालेको छ।

गएराति फ्रान्सले घरेलु मैदानमा युक्रेनलाई ७–१ गोलले पराजित गरेको हो । फ्रान्सले एक गोल आत्मघातीको रुपमा पाएको थियो । १७ वर्षका इड्वार्डो कामाविन्गाले खेलको नवौं मिनेटमै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

त्यसपछि फ्रान्सका लागि ओलिभिर जिरोडले २४ र ३४ औं मिनेटमा दुई गोल थपे । ३९ औं मिनेटमा युक्रेनका भिटाली माइकोलेन्कोले आत्मघाती गोल गरे ।

युक्रेनका एन्ड्री सीगान्कोले ५३ औं मिनेटमा गोल गरेपछि फ्रान्सले खेलमा ४(१ को अग्रता बनाएको थियो । त्यसपछि कोरेन्टिन तोलिसोले ६५ औं, केलियन एमबाप्पेले ८२ औं र एन्टोनी ग्रिजम्यानले ८९ औं मिनेटमा गोल थपेपछि फ्रान्स समग्रमा ७१ ले विजयी भएको थियो ।

यस्तै गएराति भएका अन्य खेलमा इटालीले माल्डोभालाई ६–० ले, पोल्याण्डले फिनल्याण्डलाई ५–१ ले, डेनमार्कले फारोइ आइल्याण्डलाई ४–० ले, लिथुवानियाले इस्टोनियालाई ३–१ ले, चेक गणतन्त्रले साइप्रसलाई २–१ ले, लिचेस्टाइनले लग्जम्वर्गलाई २–१ ले तथा माल्टाले जिब्रालटरलाई २–० ले पराजित गरेका छन् ।

उता जर्मनी र टर्की ३–३ गोलको बराबरीमा रोकिंदा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्