खेलकूद
आइपीएलमा कोलकाता पराजित, चेन्नई १० रनले विजयी
२०७७ असोज २२ गते ७:३२
२२ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।
आइपीएल अन्तर्गत सम्पन्न पछिल्लो खेलमा कोलकाताले चेन्नई सुपर किंग्समाथि १० रनको जित निकालेको हो । १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभर ५ विकेट गुमाएर १ सय ५७ रनमात्र बनाउन सक्यो।
चेन्नईका शेन वाट्सनले ५० तथा अम्बाटी रायुडुले ३० रन बनाए । यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर ब्याटिङ गरेको कोलकाता २० ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो । उसका लागि राहुल त्रिपाठीले ८१ रन जोडेका थिए ।
बलिङमा चेन्नईका ड्वेन ब्राभोले तीन विकेट लिए । प्रतियोगिता अन्तर्गत आज सनराईजर्स हैदराबाद र किंग्स एलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया