आर्थिक

सरकारले देशभर किसान सर्वेक्षण गर्ने

हिमालय टिभी
२०७७ असोज २१ गते १८:१५
सरकारले देशभर किसान सर्वेक्षण गर्ने

२१ असोज, २०७७ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका किसानको सर्वेक्षण गर्ने तयारी गरेको छ ।

मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहसँगको समन्वयमा किसानको विवरण संकलन गर्ने तयारी गरेको हो ।

सर्वेक्षणमार्फत किसानले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाएरनपाएको अवस्थाबारे विवरण संकलन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि सबै स्थानीय तहमा बजेट पठाइसकिएको समेत मन्त्रालयले जनाएको छ ।

सर्वेक्षणसँगै स्थानीय तहमा दर्ता हुने किसानलाई कृषक प्रमाण पत्रसमेत दिने तयारी छ । यसबाट वास्तविक किसानको परिचय स्थापित हुने र सरकारी सेवा, अनुदानमा पहुँच विस्तार हुने मन्त्रालयको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *