आर्थिक

८ महिनापछि १६ सय विन्दुमा नेप्से

हिमालय टिभी
२०७७ असोज २१ गते १७:४४
८ महिनापछि १६ सय विन्दुमा नेप्से

२१ असोज, २०७७ काठमाडौं । शेयर बजार परिसूचक नेप्से ८ महिनापछि १६ सय विन्दुमा उक्लिएको छ ।

कारोबार भएकामा आज धेरैजसो कम्पनीको शेयर मुल्य बढेपछि नेप्से १४ दशमलव ६८ अंकले माथि उक्लिँदै १६ सय बिन्दुमा पुगेको हो । आज कारोबार भएकामा उत्पादन र माइक्रोफाइनान्स बाहेक अरु सबै समूह बढेकाले नेप्से पनि बढेको हो ।

हिजो अस्ति जस्तै आज पनि लगानीकर्ताको आकर्षण जलविद्युत समूहमै देखिएको छ । आज अधिकांश जलविद्तयु कम्पनीको शेयर मुल्य १० प्रतिशतकै हाराहारीङ्गा बढेको छ ।

यस्तै शीर्ष १० कारोबार हुने कम्पनीमा आज ९ वटा जलविद्युत् कम्पनी नै छन् । शेयर बजार घटेको बेलामा जलविद्युत कम्पनीको शेयरको मुल्य घटेर न्युनतम बिन्दुमा पुगेको थियो ।

त्यसैले अहिले शेयर बजार बढेको बेला जलविद्युत कम्पनीको शेयर मुल्य रिकभर हुने क्रममा छ । आज दिनभरीमा ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

जुन हिजोको तुलनामा ८५ करोड धेरै हो । यस्तै बजार पूँजीकरण पनि २१ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यो नेप्सेको इतिहासमा नै अहिलेसम्मकै सबैभन्दा धेरै पूँजीकरण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *