कला/मनोरञ्जन

बलिउड अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा

हिमालय टिभी
२०७७ असोज २१ गते १७:२४
बलिउड अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा

२१ असोज, २०७७ नयाँ दिल्ली । बलिउड अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा भएकी छन् ।

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा मुछिएकी उनकी प्रेमिका चक्रवर्तीलाई आज धरौटीमा रिहा गरिएको हो । उनका वकिलले उनी एक महिनापछि कारागारमुक्त भएको जानकारी दिएका छन् ।

गत जुन १४ मा अभिनेता राजपुत आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । सुरुमा प्रहरीले त्यसलाई आत्महत्या भने पनि राजपुत परिवारले चक्रवर्तीको दुरुत्साहनकै कारण सुशान्तले आत्महत्या गरेको भन्दै जाहेरी दिएका थिए ।

चक्रवर्तीले आफू निर्दोष रहेको दाबी गर्दै आएकी छिन् । चक्रवर्तीमाथि राजपुतलाई लागु औषध किनिदिँदै आएको आरोप लागेको थियो । यो प्रकरणले थुप्रै बलिउडकर्मी लागुऔषध प्रयोग गर्ने गरेको खबर समेत बाहिर आएको थियो ।

रियाका भाई सोविकको धरौटीको अनुरोध भने अस्वीकृत भएको छ । सोविकले पनि दोष अस्वीकार गरेका छन् ।

सुशान्तको पोस्टमार्टम गरेको भारतकै सबैभन्दा ठूलो अस्पतालले भने आत्महत्या भएको पुष्टि गरिसकेको छ । चक्रवर्ती र राजपुत सन् २०१९ देखि प्रेम सम्बन्धमा थिए । आत्महत्याका बेला रिया आफ्नो घर गएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *