समाज

जाजरकोटको जुनीचाँदेमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई जना बेपत्ता

हिमालय टिभी
२०७७ असोज २१ गते १७:१६
जाजरकोटको जुनीचाँदेमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई जना बेपत्ता

२१ असोज, २०७७, जाजरकोट । जाजरकोट सदरमुकामबाट जुनीचाँदे गाउँपािलकातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

घटनामा दुई जना बेपत्ता छन् भने एक जनाको उद्धार गरिएको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

जुनीचाँदे गाउँपालिका–११ को औलोखोलामा भे १ ज ९३५ नम्बरको जीप दुर्घटनाग्रस्त भएको हो । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ।

दुर्घटनामा जुनीचाँदे ११ का वडाध्यक्ष खिम शाही, जुनीचाँदे गाउँपालिका–१ का बुद्धिबहादुर शाही, ५ मालिका बस्नेत र सोही वडाका कृष्ण बहादुर शाहीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।

घटनास्थलका लागि प्रहरी गइसकेको र मृतक तथा घाइतको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्