आर्थिक

यति एयरलाइन्सको काठमाडौं–सिमरा–काठमाडौं उडान शुरु

हिमालय टिभी
२०७७ असोज २१ गते १४:५८
यति एयरलाइन्सको काठमाडौं–सिमरा–काठमाडौं उडान शुरु

२१ असोज, २०७७ काठमाडौं । यति एयरलाइन्सले आजदेखि काठमाडौं–सिमरा–काठमाडौं उडान शुरु गरेको छ ।

एयरलाइन्सले आफ्नो २२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंदेखि बाराको सिमरा उडान थालेको हो । एयरलाइन्सले उच्च सतर्कता अपनाएर उडान शुरु गरिएको जनाएको छ ।

अबदेखि यतिले काठमाडौं–सिमरा–काठमाडौं दैनिक दुई वटा उडान भर्नेछ । यतिले काठमाडौं–सिमरा–काठमाडौं उडानमा एकतर्फी भाडा १ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।

२०५५ साल देखि सेवा प्रारम्भ गरेको यति एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *