समाज
चन्दननाथ मन्दिरबाट चोरी भएको पुरातात्विक महत्वको मुर्तिसहित तीन जना पक्राउ
२०७७ असोज २० गते १८:४७

२० असोज, २०७७ जुम्ला । प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पारेको छ । तीन जना पक्राउ परेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार पक्राउ गरेको छ ।
विसं २०७३ मंसिर ११ गते राती जुम्ला चन्दननाथ नगरपालिका ५ खलंगास्थित चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएका थिए ।
चन्दननाथ १० बोहोरा गाउँका ३२ वर्षीय सुशील विष्ट, २३ वर्षीय सुदिप रावल र तातोपानी गाउँपालिका ८ का २८ वर्षीय जयलाल थापा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया