आर्थिक

बंगलादेशबाट ल्याउन लागिएको पैँचोको मल आउन अझै समय लाग्ने

हिमालय टिभी
२०७७ असोज २० गते १२:५४
बंगलादेशबाट ल्याउन लागिएको पैँचोको मल आउन अझै समय लाग्ने

२० असोज, २०७७ काठमाडौं । सरकारले बंगलादेशबाट पैँचो मागेको ५० हजार मेट्रिकटन युरिया मल आउन अझै केही समय लाग्ने भएको छ ।

झन्झटिलो टेण्डर प्रक्रियाका कारण मल आइपुग्ने मिति अझै एकिन हुन नसकेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

बंगलादेशबाट मल ल्याउनका लागि गरिएको छोटो ग्लोबल टेण्डर प्रक्रिया अझै नसकिएको कम्पनीले जनाएको छ । एक साताको समय दिएर आह्वान गरिएको टेण्डर यूएईको डेनट्रेड यूएई नामको कम्पनीले हात पारे पनि सम्झौता गर्न कम्पनी नआएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

टेण्डरका लागि आवेदन दिएका पाँच कम्पनीमध्ये सबैभन्दा कम ८२ दशमलव २४ डलर प्रतिमेट्रिक टनमा मल ल्याउने गरी उक्त कम्पनीको आवेदन परेको र ठेक्का सम्झौता गर्न आगामी शुक्रबारसम्मको म्याद रहेको कम्पनीका प्रबन्धक नेत्रबहादुर भण्डारीले बताउनुभयो ।

शुक्रबारसम्म ठेक्का सम्झौता हुने र कम्पनीले एलसी खोलेको बढीमा ७० दिनभित्र मल आइपुग्ने भण्डारीले जानकारी दिनुभयो । ढिलामा मंसिरको पहिलो सातासम्म मल आइपुग्ने र यसले तोरी तथा गहुँका लागि वितरण गर्न पुग्ने भडारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *