खेलकूद

दिल्ली क्यापिटल्स आइपीएलको शीर्ष स्थानमा उक्लियो

हिमालय टिभी
२०७७ असोज २० गते ७:२५
दिल्ली क्यापिटल्स आइपीएलको शीर्ष स्थानमा उक्लियो

२० असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ ।

आइपीएल अन्तर्गत पछिल्लो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ५९ रनले हराउँदै दिल्ली पुनः शीर्ष स्थानमा पुगेको हो ।

१ सय ९७ रनको लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । बलिङमा दिल्लीका काशिगो रबाडाले चार विकेट लिए ।

यसअघि दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ९६ रन बनाएको थियो । दिल्लीका मार्कस स्टोइनिस ५३ रनमा अविजित रहे ।

त्यस्तै पृथ्वी शा ४२, ऋषभ पन्त ३७ तथा शिखर धवन ३२ रनमा पेभेलियन फर्के । बलिङमा बेंग्लोरका मोहम्मद सिराजले दुई विकेट लिए । प्रतियोगिता अन्तर्गत आज साविक विजेता मुम्बई इण्डियन्स र राजस्थान रोयल्यबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्