समाज

कैलालीका भादा र सामाचौराह जोड्ने झोलुङ्गे पुल बनेपछिको स्थानीयमा उत्साह (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १९ गते २०:४८
कैलालीका भादा र सामाचौराह जोड्ने झोलुङ्गे पुल बनेपछिको स्थानीयमा उत्साह (भिडियोसहित)

१९ असोज, २०७७, धनगढी । बर्षौदेखि ज्यान जोखिममा राखेर नदी वारपार गर्दै आएका कैलालीका भादा र सामाचौराह जोड्ने नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ ।

शतप्रतिशत थारु समुदायको बसोवास रहेको थारु होमस्टे गाउँ भादामा झुलुङ्गे पुलको निर्माण भएसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को भदा र कैलारी गाउँपालिका वडा नम्बर ९ को सामाचौराह जोड्ने गरी यो नदीमा पुल नुहँदा बर्खाको समयमा आवात जावत गर्न निकै कठिन थियो । तर अहिले यहाँ झोलुङ्गे पुल बनेको छ । जसबाट भादा गाउँका २ हजार १ सयभन्दा बढी प्रत्यक्ष लाभान्वित भएका छन् ।

यो झोलुङ्गे पुलले धनगढी उपमहानगरपालीका र कैलारी गाउँपालिकालाई जोडेको छ । अब विशेष कामले एक स्थानीय तहबाट अर्कोमा जान सहज भएको छ। पुल निर्माण भएसँगै कैलालीको सवैभन्दा पुरानो होमस्टे भादा गाउँलाई पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने स्थानीय जनप्रतिनिधिको विश्वास छ ।

होमस्टे भादा गाउँ देशभरीका १ सय पर्यटन गन्तब्य क्षेत्रभित्र परेको छ । यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्डले पनि लगानी गरेको छ । विस्तारै भौतिक पूर्वाधार विकास हुँदै गएको छ । अब यस क्षेत्रको बिकासका लागि कैलारी गाउँपालिका, गौरीगँगा नगरपालीका र धनगढी उपमहानगरपालीका विच समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कैलालीको साविकको उर्मा गाविसमा पर्यटन वर्ष सन् २०११ लाई लक्षित गरेर २०६७ साल पुस १७ गतेबाट भादामा होम स्टे सुरु गरिएको थियो । स्थापनाकालदेखि अहिलेसम्म करिब ५० हजार आन्तरिक तथा वाह्य पर्यटकले थारु होमस्टे भादाको अवलोकन गरेका छन् ।

शुरुवाती चरणमा कच्ची बाटो, वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण थारु होम स्टे पुग्न निकै समस्या हुदै आए पनि अहिले गाउँमै पिच सडक पुगेको छ । अहिले बनेको झोलुङ्गे पुलले आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढाउन सघाउने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *