आर्थिक

संकटमा पर्यटन व्यवसाय, इलामका व्यवसायीले शुरु गरे नयाँ अभियान (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १९ गते १८:४१
संकटमा पर्यटन व्यवसाय, इलामका व्यवसायीले शुरु गरे नयाँ अभियान (भिडियोसहित)

१९ असोज, २०७७ पाँचथर । कोरोना कहरका कारण देशभरको पर्यटन उद्योग संकटमा परेको छ । पूर्वी नेपालका पर्यटन व्यवसायीले अहिलेको संकटबाट पर्यटन व्यवसायलाई जोगाउन आन्तरिक पर्यटन बढाउनुपर्नेमा जोड दिन थालेका छन् ।

इलामका पर्यटन व्यवसायी हुन् देवी पौडेल । पौडेल मात्र हैन देशभरका पर्यटन व्यवसायीको हालत यस्तै छ । अर्थात चैतदेखि पर्यटन व्यवासय बन्द रहँदा व्यवसायी पलायन हुनु पर्ने स्थिति छ । त्यसैले पूर्वी नेपालका पर्यटन व्यवसायीले एकजुट भएर अघि बढ्न तयारीमा छन् ।

मेची करिडोरमा पर्ने झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा थुप्रै पर्यटकीय स्थल छन् । यी स्थलमा तत्काल बाहिरी देशबाट पर्यटक आउने स्थिति छैन ।

त्यसैले आन्तरिक पर्यटकलाई नै यी ठाउँ घुमाउन सके डुबेको पर्यटन क्षेत्रलाई केही राहत पुग्ने आशा व्यवसायीलाई छ । व्यवसायीहरु आफैंले भ्रमण शुरु गरेर भए पनि व्यवसायलाई जीवित राख्न तयार छन् । त्यसका लागि उनीहरुले सरकारको सहयोग खोजेका छन् ।

पूर्वका गन्तव्यमा सिजन अनुसार फरक अनुभुति गराउँदै व्यवसाय शुरु गर्न पर्यटन व्यवसायी तयार छन् । त्यसैले चैतदेखिको लकडाउन र निषेधाज्ञाका कारण थलिएको पर्यटन क्षेत्रलाई सुरु गर्न संघीय सरकारसँगै स्थानीय सरकारले पनि पहल गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *