आर्थिक

चीनसँगको तातोपानी नाका सञ्चालनमा

हिमालय टिभी
२०७७ असोज १९ गते १२:४३
चीनसँगको तातोपानी नाका सञ्चालनमा

१९ असोज, २०७७, सिन्धुपाल्चोक । लामो समयदेखि बन्द रहेको चीनसँगको तातोपानी नाका आइतबारदेखि सञ्चालनमा आएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले ट्वीट गरेर तातोपानी नाका खुला भएको जानकारी दिनुभयो । २०७२ साल वैशाख १२ गतेको भुकम्पबाट क्षति पुगेपछि तातोपानी नाका बन्द रहेको थियो ।

याङ्छीले नेपाल र चीनको संयुक्त पहलबाट उक्त नाका सञ्चालनमा आएको सुन्दा खुसी लागेको जानकारी दिनुभयो । यससँगै चीनसँगका मुख्य दुई नाका तातोपानी नाका र रसुवाको केरुङ नाका नियमित सञ्चालन हुने भएका छन् ।

तातोपानी नाका बन्द हुँदा चीनसँगको आयात निर्यात प्रभावित हुँदै आएको थियो । चीनले आइतबारदेखि व्यापारीका सामान नेपाली भूमिसम्मै ल्याइदिएको छ ।

यसअघि चीनबाट सामान लोड भएर आएका कन्टेनरले मितेरीपुलको बीच भागमा सामान झारिदिने गरेका थिए । चीनले आइतबार व्यापारीका सामान नेपाली भूमिसम्मै ल्याइदिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

बुधबार रसुवागढी नाकामा बसेको बैठकमा चिनियाँ पक्षले आइतबारदेखि नेपाली भूमिसम्मै ल्याएर सामान झार्ने तथा मालवाहक सवारी साधनको संख्यालाई पनि क्रमश वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाएका थिए ।

त्यसै अनुरुप आइतबार ५ कन्टेनर चिनियाँ सामान आयात भएको खड्काले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *