इंग्लिस प्रिमियर लीगमा सावित विजेता लिभरपुलको लज्जास्पद हार

१९ असोज, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ ।
प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा एष्टन भिल्लाले लिभरपुललाई ७–२ गोल अन्तरले स्तब्ध पारेको हो । घरेलु टोली एष्टनको जितमा ओली वाट्किन्सले ह्याट्रिक पूरा गरेका थिए ।
वाट्किन्सले चौथो र २२ औं मिनेटमा गोल गर्दै एष्टनलाई शुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा लिभरपुलका मोहम्मेद सलाहले गोल फर्काए । त्यसपछि एष्टनका लागि ३५ औं मिनेटमा जोन म्याकगिन र ३९ औं मिनेटमा वाट्किन्सले गोल थपेपछि एष्टनले खेलमा ४(१ गोलको अग्रता बनायो ।
दोस्रो हाफअन्तर्गत ५५ औं मिनेटमा एष्टनका रोस बार्क्लेले गोल गरे । लगत्तै लिभरपुलका सलाहले व्यक्तिगत दोस्रो खेल गरेपछि खेल ५(२ गोलको अवस्थामा पुग्यो ।
त्यसपछि एष्टनका लागि ज्याक ग्रेएलिशले ६६ र ७५ औं मिनेटमा गोल गरेपछि एष्टनले ७–२ गोलको शानदार जित निकालेको हो । लिभरपुलले सन् १९ सय ६३ यता पहिलो पटक सात गोल खाएको छ ।
लगातार तीन खेल जित्दै ९ अंकसहित एष्टन तालिकाको दोस्रो स्थानमा रहँदा चार खेल खेल्दै पहिलो हार व्यहोरेको लिभरपुल समान ९ अंकका साथ पाँचौ स्थानमा छ ।
लीगअन्तर्गत नै गएराति टोटेनह्यामले म्यानचेष्टर युनाइटेडलाई ६–१, वेष्टह्याम युनाइटेडले लेष्टर सिटीलाई ३–०, आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१, साउथह्याम्टनले वेष्ट ब्रोमलाई २–० र उल्फ्सले फूलह्यामलाई १० गोलले पराजित गरे ।
प्रतिक्रिया