खेलकूद

आइपीएलमा पञ्जाबलाई हराउँदै चेन्नई सुपर किंग्स विजयी

हिमालय टिभी
२०७७ असोज १९ गते ७:३७
आइपीएलमा पञ्जाबलाई हराउँदै चेन्नई सुपर किंग्स विजयी

१९ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा चेन्नई सुपर किंग्स विजयी भएको छ ।

आइपीएलमा दोस्रो जित निकाल्ने क्रममा चेन्नईले किंग्स एलाभेन पञ्जाबमाथि १० विकेटको शानदार जित निकालेको हो । १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ दशमलव ४ ओभर विना विकेट गुमाएर पूरा गरेको थियो ।

चेन्नईका फाफ डुप्लेसिस ८७ र शेन वाट्सन ८३ रनमा अविजित रहे । ५३ बलको सामना गरेका डुप्लेसिसले १ छक्का र ११ चौका हिर्काए भने समान ५३ बल खेलेका वाट्सनले ३ छक्का र ११ चौका प्रहार गरे ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । उसका लागि कप्तान केयल राहुलले ६३ रन जोडे ।

त्यस्तै निकोलस पुरन ३३, मन्दीप सिंह २७ तथा मयंक अग्रवाल २६ रनमा पेभेलियन फर्के । बलिङमा चेन्नईका श्रदुल ठाकुरले दुई विकेट लिए । वाट्सन म्यान अफ द म्याच चुनिए । जितपछि चेन्नई छैठौं स्थानमा उक्लिंदा पञ्जाब तालिकाको पुछारमा पुगेको छ ।

यसअघि हिजै सम्पन्न पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गर्दै साविक विजेता मुम्बई इण्डियन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो ।

प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्जर्स बेंग्लोर र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्