अन्तर्वार्ता
देउवासँग आशावादी पौडेल सिटौलासँग सशंकित (भिडियो)
२०७७ असोज १८ गते २०:४९
१८ असोज, २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना माग पुरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै नेता पौडेलले विधानविपरीतका निर्णय देउवाले सच्याउने विश्वास व्यक्त गर्नुभएको छ । तर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने धोका दिएको उहाँको आरोप छ ।
देउवालाई विधानविपरीतका निर्णय सच्याउन विरोध पत्र बुझाउँदै एक हप्ते अल्टिमेटम दिएको असन्तुष्ट पक्षका माग र देउवासँग भएको छलफल बारे सहकर्मी शिवनारायण गिरिले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कुराकानी गरेका छन्–
प्रतिक्रिया