समाज

प्रदेश ५ को राजधानी तोकिएको दाङमा खुसियाली (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १८ गते २०:४२
प्रदेश ५ को राजधानी तोकिएको दाङमा खुसियाली (भिडियोसहित)

१८ असोज, २०७७, दाङ । प्रदेश ५ को राजधानी सार्ने सरकारको निर्णयको विरोधमा बुटवलमा दिनहुँ प्रदर्शन भइरहेका बेला दाङमा भने खुसियाली छाएको छ । दाङको भालुवाङ क्षेत्रलाइ केन्द्रमा राखेर राप्ती, गढवा गाउपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णयले यो क्षेत्रको विकास हुने स्थानीयलाई आशा लागेको छ ।

दाङ सुगम जिल्ला भए पनि विकासको दृष्टिले भालुवाङ क्षेत्र भने पिछडिएको छ । ऐलानी जग्गाको बजार क्षेत्रमा अब विकास हुन्छ भन्ने आशा र विश्वासमा स्थानीय नागरिक प्रदेश ५ सरकारको यो निर्णयलाई स्वागत गरिरहेका छन् ।

प्रदेश सरकारबाट भएको यो निर्णय अब प्रदेश सभाबाट पनि पारित हुनेमा स्थानीय ढुक्क छन ।

अहिले स्थायी राजधानी प्रस्ताव गरिएको क्षेत्र समग्र प्रदेश ५ र भौगोलिक रुपमा उपयुक्त भएको स्थानीयको दाबी छ । ढिलो भयो तर राम्रो भयो भन्ने उनीहरुलाइ लागेको छ ।

लालपूर्जा खोजेको ठाउँमा राजधानी नै पाइने भयो भनेर उद्योगी पनि औधि खुशी छन् ।

चुरे पहाडको फेद र राप्ती नदीको किनारमा पर्ने भालुवाङ अर्घाखाँची र प्यूठान जिल्लासँग जोडिएको क्षेत्र हो । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने भालुवाङ पूर्वी दाङको मुख्य बजार हो । यहीँबाट प्यूठान हुँदै रोल्पा जाने राजमार्ग छुट्टिन्छ ।

प्यूठान र रोल्पा जाने नाकासमेत बनेको छ, भालुवाङ क्षेत्र । तर भालुवाङ बजारमा जग्गाको कसैको लालपूर्जा छैन । ३१ बिगाहाभन्दा धेरै जग्गामा भालुवाङ फैलिएको छ । दाङका स्थानीय तहले पनि यो निर्णयलाइ सही भनेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *