खेलकूद

राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट खेलाडीलाई उपचार खर्च प्रदान

हिमालय टिभी
२०७७ असोज १८ गते १८:५१
राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट खेलाडीलाई उपचार खर्च प्रदान

१८ असोज, २०७७ काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय र पूर्व राष्ट्रिय खेलाडीलाई उपचार खर्च दिएको छ ।

काठमाण्डौमा कार्यक्रम गरी कल्याणकारी कोषले पूर्व र वर्तमान खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई ४ लाख रुपैयाँ प्रदान गरिएको छ ।

एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ । क्यान्सरबाट पीडित राईको साउन १९ गते निधन भएको थियो ।

राईका ८ वर्षीय छोरा संकल्प आँखाको क्यान्सरबाट पीडित छन र उनको दुवै आँखाको ज्योति गुमेको छ ।

यस्तै बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

तीनै जनामा घुँडाको समस्या छ । वीमा गर्न सके सहयोगबाट बञ्चित हुने अवस्था नआउने भन्दै राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले परिषद खेलाडिलाई सरकार र परिषद भनेर अनुभूति दिलाउने प्रयासमा रहेको बताए ।

२०६८ सालमा स्थापना भएको खेलाडी कल्याणकारी कोषले समस्यामा परेका खेलाडीलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्