भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते
२०७७ असोज १८ गते १४:४५

१८ असोज, २०७७, हेटौंटा । मकवानपुरमा जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
हेटौंडाबाट काठमाडौंका लागि छुटेको ना १ ज ४१०६ नम्बरको जीप भीमफेदी गाउँपालिका वडा नम्बर– ६ जुरीखेतमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । जिप भिरबाट १ सय मिटर तल खोल्सामा खसेको हो।
दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
प्रतिक्रिया