समाज

जनता अस्पताल माग गरिरहेका छन्, भ्यू टावर ठड्याउन किन मरिहत्ते ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १८ गते १४:२५
जनता अस्पताल माग गरिरहेका छन्, भ्यू टावर ठड्याउन किन मरिहत्ते ? (भिडियोसहित)

१८ असोज, २०७७, धनकुटा । नेपालका डाँडा र पहाड आफैमा भ्यु टावर हुन् । तर अहिले अनावस्यक लगानी गर्दै डाँडामा भ्यु टावर बनाउने लहर चलिरहेको छ । धनकुटाका डाँडामा पनि भ्यु टावर बनाउने क्रम यसैगरी चलिरहेको छ ।

धनकुटामा अहिले भ्यूटावर बनाउने होड चलिरहेको छ । साँगुरीगढी गाउँपालिकामा ध्वजे डाँडा, भेडेटार, ओख्रे गरी तिन वटा भ्युटाबर निर्माण गरिएको छ ।

त्यस्तै चौबिसे गाउँपालिकाको जेफाले, धनकुटा नगरपालिकाको चुलिवन, हिले शहिदभूमि गाउँपालिकाको छिन्ताङ्ग स्थित पातले डाँडामा भ्यूटावर निर्माण गरिएको छ ।

त्यस्तै शहीदभूमि गाउँपालिकाको घुमाउने डाँडा, महालक्ष्मी नगरपालिकाको पटेकडाँडा र धनकुटा नगरपालिको कागतेमा समेत भ्युटावर निर्माण गर्ने तयारी गरिएको छ ।

पाख्रिबासको राम्चे डाँडामा भ्यूटावर निर्माणको क्रममा छ । डाँडामा भ्यू टावरका नाममा नागरिकले तिरेको कर यसरी खर्च गर्नुलाई विज्ञ गलत काम भन्छन् ।

पर्यटक भित्र्याएर आम्दानी गर्ने भन्दै पर्यटन विकास कार्यालय, तत्कालिन जिल्ला विकास समिति मात्र होइन अहिले स्थानीय तह भ्यूटावर बनाउने होडमा सक्रिय छन् । तर भ्युटावर निर्माण भएका धेरै स्थान अहिले सुनसान छन् । केही ठाउँमा मात्रै आन्तरिक पर्यटकको सामान्य चहल(पहल छ ।

सहज पहुँच भएका स्थानमा भ्युटावर चढ्न भन्दै केही पर्यटक पुग्छन । तर धेरै स्थानका भ्युटाबर अहिले प्रयोगबिहिन जस्तै छन् । स्थानीय तह भने अस्पताल र स्कुल बनाउन छाडेर डाँडा देख्ने बित्तिकै भ्युटाबर निर्माणमा सक्रिय देखिन्छन् । पर्यटनकै विकासका लागि पनि डाँडा सम्म पहुँच मार्ग तथा अन्य पुर्वाधार निर्माण गर्ने तर्फ भने उनीहरुको ध्यान जान सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *