सुडानमा सरकार र विद्रोही समूहबीच शान्ति सम्झौता

१८ असोज, २०७७ सुडान । सुडानमा सरकार र विद्रोही समूहबीच शान्ति सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ता हुँदै आएको थियो। सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा पुगेका थिए ।
सरकारकातर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चाका वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताको साक्षी चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई बनाइएको छ । यद्यपि सम्झौतामा ल्याउन खोजिएका डार्फर, ब्लु नाइल र कोर्दोफान क्षेत्रमा सक्रिय केही समूहले यस पहिले नै सम्झौता गरिसकेका थिए ।
अझै दुई वटा समूहले भने सम्झौतामा सहभागिता नजनाएको बताइएको छ । लामो समय शासन गरेका आमार अल(बसीर हइटाएपछि सुडानमा विगत एक वर्षदेखि संक्रमणकालिन सरकार रहेको थियो ।
संक्रमणकालिन सरकारको प्रमुख उद्देश्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो । सम्झौतासँगै लाखौं नागरिकको मृत्यु भएको दशकौंदेखिको जारी युद्ध अन्त्य हुने बताइएको छ ।
प्रतिक्रिया