खेलकूद
नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको चौथो चरण प्रवेश
२०७७ असोज १८ गते ७:४६

१८ असोज, २०७७ काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन्।
डानिएल एलाही गालानलाई हराउँदै जोकोविच चौथो चरण पुगेका हुन्। ३३ वर्षीय सर्बियन खेलाडी जोकोविचले कोलम्बियन खेलाडी डानिएललाई ६–०, ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे।
जोकोविचले चौथो चरणमा १५ औं वरियताका रुसी खेलाडी करेन खाचनोभसँग प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया