खेलकूद

आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लियो

हिमालय टिभी
२०७७ असोज १८ गते ७:४२
आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लियो

१८ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

आइपीएल अन्तर्गत गएराति कोलकाता नाइट राइडर्सलाई १८ रनले हराउँदै संदीप लामिछाने आबद्ध दिल्लीले शीर्ष स्थान कब्जा गरेको हो ।

२ सय २९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो । उसका लागि नीतिश रानाले ५८, इयोन मोर्गनले ४४ तथा राहुल त्रिपाठीले ३६ रन बनाए ।

बलिङमा दिल्लीका एनरिच नोर्टजेले तीन तथा हर्षल पटेलले दुई विकेट लिए ।

यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय २८ रन बनाएको थियो । दिल्लीका कप्तान श्रीयस अइयर ८८ रनमा अविजित रहे ।

त्यस्तै पृथ्वी साले ६६ तथा ऋषभ पन्तले ३८ रन जोडे । बलिङमा कोलकाताका आन्द्रे रसेलले दुई विकेट लिए ।

यसअघि हिजै भएको पहिलो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबाद तथा किंग्स एलाभेन पञ्जाब र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्