खेलकूद
रोयल च्यालेञ्जर्स बेंग्लोर इण्डियन प्रिमियर लीग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा
२०७७ असोज १७ गते १९:४१
१७ असोज, २०७७ काठमाडौं । रोयल च्यालेञ्जर्स बेंग्लोर इण्डियन प्रिमियर लीग आइपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
आबुधाबीमा आज भएको खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै बैंगलोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
बैंगलोरको ४ खेलबाट ६ अंक भएको छ । राजस्थानविरुद्ध जितका लागि पाएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले खेल सकिन ५ बल बाँकी छँदै भेट्टायो ।
बैंगलोरलाई जिताउने क्रममा कप्तान विराट कोहलीले नट आउट ७२ रन बनाए । दोश्रो खेलमा अहिले कोलकाता नाइट राइडर्सले टस जितेर फिल्डिङ रोजेपछि दिल्ली क्यापिटल्सले ब्याटिङ् थालेको छ ।
दिल्लीमा नेपाली बलर सन्दिप लामिछाने पनि आवद्ध छन् । तर उनी अहिलेसम्म प्लेइङ ११ मा पर्न सकेका छैनन् ।
प्रतिक्रिया