आर्थिक

कोरोनाका कारण भारतसँगको सीमा बन्द, विराटनगर चलायमान बन्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १७ गते १७:४०
कोरोनाका कारण भारतसँगको सीमा बन्द, विराटनगर चलायमान बन्दै (भिडियोसहित)

१७ असोज, २०७७, विराटनगर । विराटनगरमा सञ्चालित ठुलादेखि साना व्यापार व्यवसाय गर्ने व्यापारी सधैं भारतीय बजार जोगबनीका कारण मारमा पर्दै आएका थिए । तर यो पटक अवस्था फेरिएको छ । कोरोना महामारीका कारण भारतसँगको सीमा बन्द भएपछि विराटनगर बजार गुल्जार हुन थालेको छ ।

सीमा नाका बन्द भएपछि सिमावर्ती नेपालीको किनमेल गर्ने प्रवृत्ति पनि फेरिएको छ । यसले विराटनगरको बजार चलायमान हुन थालेको छ । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण व्यापार–व्यवसाय ठप्प भएको यो शहरमा अहिले चहलपहल ह्वातै बढेको छ।

सामान्य अवस्थामा नेपाली उपभोक्ता सिमावर्ती बजारमा किनमेलका लागि जाने गरेकाले विराटनगरमा व्यापार कम हुने गरेको थियो । तर अहिले किनमेलका लागि जोगबनी पुग्ने इटहरी, विराटनगर, इनरुवालगायत क्षेत्रका नेपाली उपभोक्ता विराटनगरकै भर परिरहेका छन् ।

नेपाली उपभोक्ताले नेपाली उत्पादन खरिद गर्ने क्रम बढेको छ । नेपाली रुपैयाँ भारत जानबाट समेत रोकिन पुगेको छ। लयमा फर्कँदै सिमावारीका बजार नजिकिँदो दुई ठूला चाडपर्वसँगै बजारमा सामान किन्नेको भीड बढेको छ। ६ महिना लामो लाकडाउन र निषेधाज्ञाको अवधिको समयको व्यापार व्यवसायमा भएको नोक्सानीलाई नजिकिएका नजिकिँदै गरेका दुई ठूला चाड दशैं तिहारले भरथेग गर्ला भन्ने आशा व्यापारीको छ ।

भारतीय सिमावर्ती बजार जोगवनी नेपाली उपभोक्ता विशेषगरी लत्ताकपडा, खाध्यान्न, इलोक्ट्रोनिक सामान खरिदका लागि पुग्ने गरेका थिए । जसका कारण दैनिक नेपाली पैसा विदेशिने गरेको थियो । अहिले स्थानीय बजारमा नेपाली उपभोक्ता रोकिएपछि नेपाली पैसा विदेशिने क्रमबाट जोगिएको छ ।

स्थानीय व्यपारीहरुको अनुसार अहिले स्वदेशी उद्योग पनि फस्टाएका छन्। उपभोक्ता पनि नेपाली उत्पादनमा बानी पारिरहेका छन्। विगतमा खाद्यान्न मात्र दैनिक पाँच करोड रुपैयाँ जतिको आयात हुन्थ्यो । लकडाउनका बेला सेन्टर मल र भाटभटेनीले खाद्यान्नमा बजार नियन्त्रण गरेर मद्दत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *