भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
१७ असोज, २०७७ काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।
बितेको २४ घण्टामा थप एक हजारभन्दा बढीको मृत्युसँगै त्यहाँ मृत्यु हुनेको संख्या एक लाख भन्दा बढी पुगेको छ ।
संक्रमितका संख्याका आधारमा दोस्रो स्थानको भारतमा ४७ लाख ७६ हजार भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।
उता पछिल्लो समय अमेरिकामा ८ सय ६४ तथा ब्राजिलमा ६ सय ६४ जनाको मृत्यु भएको छ । शुक्रबार विश्वभर ५ लाख भन्दा बढीको मृत्युसँगै मृतक संख्या १० लाख ३२ हजार नाघेको छ ।
यस्तै शुक्रबार ३ लाख १४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । भारतमा झण्डै ८० हजार संक्रमित हुँदा अमेरिकामा ५१ हजार तथा ब्राजिलमा ३३ हजार भन्दा बढी संक्रमित थपिए । हालसम्म विश्वभर ३ करोड ४८ लाख भन्दा बढी कोरोना संक्रमित पुगेका छन् ।
प्रतिक्रिया